पत्रकारलाई राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारहरूलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाब दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरूलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाब दिन म पत्रकार र पत्रकारहरूको संघ, संगठन सबैलाई आग्रह गर्दछु,’ मन्त्री गुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुझाबको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाब दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुझाब दिन आग्रह गरे ।
प्रतिक्रिया