२४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ११९ संक्रमित थपिए
नेपालखोज
२०७७ माघ २५ गते १६:५८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
यस्तै गत चौबीस घण्टामा दुई हजार २५१ जनाको पीसीआर परीक्षण गरिएकामा ११९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । त्यस्तै चौबीस घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ । हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया