बार्टीको यारा भ्याली क्लासिकमा पुनर्जित
नेपालखोज
२०७७ माघ २६ गते ११:२७

एजेन्सी । एक नम्बरमा पर्ने टेनिस खेलाडी अस्लेइग बार्टी यारा भ्याली क्लासिक टेनिसको च्याम्पियन बनेकी छिन् ।आइतबार मेलबर्नमा भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले प्रतियोगिताको उपाधि जितेकी जिती प्रथम भएकी हुन् ।
च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाकी बार्टीले मुगुरुजामाथि ७६–३० र ६–४ को सेटमा जित निकालिन् ।यस उपाधिसँगै २४ वर्षीय बार्टीले सन् २०२१ को उत्कृष्ट सुरुवात गरेकी छिन् ।
यारा भ्याली क्लासिकलाई अस्ट्रेलियन ओपनको तयारीको रूपमा लिने गरिन्छ । अब बार्टीले फेब्रुअरी ८ देखि १२ सम्म मेलबर्नमा हुने वर्षको पहिलो ग्रान्डस्लामबाट परिचित अस्ट्रेलियन ओपनमा पुनः प्रतिस्पर्धा गर्नेछिन् ।
सम्बन्धित
प्रतिक्रिया