बिहीबार, वैशाख ११, २०८२

अभिषेक रिजालले इन्डियन आई लिग खेल्ने

नेपालखोज २०७७ माघ २६ गते १२:२५

काठमाडौँ । नेपाली युवा खेलाडी अभिषेक रिजालले इन्डियन आई लिग खेल्ने भएका छन् ।

जारी सिजनको बाँकी खेल सन् २०१७ को विजेता टोली आइजवाल एफसीबाट खेल्ने भएका छन् ।

यसअघि आई लिग छनोट टोली मोहम्देन एफसीबाट खेलेका उनले अहिले क्लब परिवर्तन गरेका हुन् ।

मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।

अभिषेक अहिले फिफा विश्वकप २०२२ छनोट खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।

प्रतिक्रिया