बिहीबार, वैशाख ११, २०८२

दक्षिण अफ्रिकामा अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउन रोक

नेपालखोज २०७७ माघ २६ गते १२:३५

एजेन्सी । हालै प्राप्त सूचना अनुसार दक्षिण अफ्रिकाले अक्सफोर्ड आस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

अफ्रिका सरकारले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोगमा बन्देज लगाएको हो ।

दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको वैज्ञानिकहरूले जनाएका छन् । सोही कारणलाई आधार मानेर दक्षिण अफ्रिकाले खोप अभियानलाई रोक लगाएको हो ।

प्रतिक्रिया