बिहीबार, वैशाख ११, २०८२

भ्यालेनटाईन्स सम्ताहमा एनएमबी बैंकको कार्डमार्फत सामान किन्दा छुट

नेपालखोज २०७७ माघ २६ गते १६:५७

काठमाडौं । एनएमबि बैंकले भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ । यसका लागि बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया