सावित्राको ८ गोलसँगै एपीएफको अपराजित यात्रा कायमै
नेपालखोज
२०७७ माघ २६ गते २१:१५

काठमाडौं। शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा सावित्रा भण्डारीको ८ गोलसँगै एपीएफले लगातार सातौ खेल जितेको हो । एपिएफको जितमा अनिता बस्नेत र अनिता केसीले २–२ गोल थपे ।
जारी लिगमा अपराजित एकमात्र टोली एपिएफ ७ खेलमा २१ अंकसंगै लिग तालिकाको पहिलो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार सातौं हार हो ।
सम्बन्धित
प्रतिक्रिया