बिहीबार, वैशाख ११, २०८२

महिला लिगमा आज दुई खेल

नेपालखोज २०७७ माघ २७ गते १०:३५

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदै छन् ।

पहिलो खेल मध्याह्न १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल दिउँसो ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

सोमबार सम्पन्न खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो । एपीएफ सात खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया