आइतबार, वैशाख ७, २०८२

सन्नी लियोनीमाथि ठगीको आरोप

नेपालखोज २०७७ माघ २७ गते ११:०६


मुम्बई । ठगीको आरोपी बलिउड अभिनेत्री सन्नी लियोनीसँग केराला प्रहरीले सोधपुछ गरेको छ ।

उनीविरुद्ध २९ लाखको ठगीको आरोपपछि प्रहरीले सोधपुछ गरेको हो । केराला प्रहरीले केरालाको राजधानी तिरुअन्तपुरमको एउटा प्राइभेट रिसोर्टमा लगेर सन्नीसँग लामो सोधपुछ गरेको हो ।

कोच्चिका एकजना इभेन्ट म्यानेजर शियसले सन्नीविरुद्ध ठगीको आरोप लगाएका हुन् ।

उनका अनुसार यो सन् २०१६ को कुरा हो, सन्नीका म्यानेजरले पाँचवटा इभेन्टमा उपस्थित हुने भन्दै २९ लाख रुपैयाँ लिएका थिए । तर सन्‍नी यसमध्ये कुनै पनि इभेन्टमा उपस्थित भइनन् ।

नवभारत टाइम्सका अनुसार सन्नीले प्रहरीलाई दिएको बयानमा आफूले पैसा लिएको स्वीकारेकी छिन् । यद्यपि इभेन्ट म्यानेजरलाई धोका दिने उद्देश्य भने नभएको बताएकी छिन् ।

इभेन्ट म्यानेजरले नै तोकेको समयमा कार्यक्रम गर्न नसकेका कारण उनी इभेन्टमा अनुपस्थित भएको पनि सन्नीले उल्लेख गरेकी छिन् ।

यस मुद्दामा अब प्रहरीले सन्नीले दिएको बयानका आधारमा छानबिन अगाडि बढाउनेछ ।

प्रतिक्रिया