फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा बार्यन म्युनिख
नेपालखोज
२०७७ माघ २७ गते ११:१५

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
कतारमा जारी प्रतियोगिताको सेमिफाईनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २–० ले हराउँदै बायर्न फाईनलमा पुगेको हो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। जितसँगै बायर्न म्युनिखले मेक्सिकोको टिग्रेस विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।
पहिलो सेमिफाईनल खेलमा ब्राजिलको पाल्मेरासलाई हराउँदै टिग्रेस फाईनलमा पुगेको थियो । फिफा क्लब विश्वकपको फाईनलमा पुग्ने टिग्रेस पहिलो मेक्सिकन फुटबल क्लब हो । क्लब विश्वकप फुटबलमा फिफाका ६ वटा क्षेत्रिय तथा महादेशीय च्याम्पियनहरुले सहभागिता जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया