महिला लिग : पुलिससँग विराटनगर ३-० गोल अन्तरले पराजित
नेपालखोज
२०७७ माघ २७ गते १९:१९

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको छ । मङ्गलवार भएको दोस्रो खेलमा पुलिसले विराटनगरलाई तीन–शून्यले हराउँदै तेस्रो जित निकालेको हो ।
पुलिसका लागि निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औँ मिनेटमा गोल गर्दा निरुले ५७ औँ र र ६० औँ मिनेटमा गोल गरिन् ।
जितसँगै पुलिस ११ अङ्कका साथ लिगको चौथो स्थानमा छ । वालिङसँग समान ११ अङ्क रहे पनि गोल अन्तरका आधारमा पुलिसपछि परेको हो । विराटनगर आठ खेलमा १० अङ्कसहित पाँचौ स्थानमा छ ।
मङ्गलवारको जितसँगै पुलिसले पहिलो चरणमा एक–शून्यको हारको बदला लिन सफल भएको छ ।
सम्बन्धित
प्रतिक्रिया