बिहीबार, वैशाख ११, २०८२

घरेलु मैदानमा भारतको लज्जास्पद हार

नेपालखोज २०७७ माघ २७ गते १९:४७

काठमाडौं । घरेलु टोली भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्डले सहज जित हात पारेको छ । मंगलबार भएको खेलमा इङ्ल्यान्डले भारतलाई २२७ रनले हराएको हो ।

चेन्नइमा इङ्ल्यान्डले दिएको ४२० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत १९२ रन जोड्दा अलआउट हुन पुगेको थियो । दोस्रो इनिङ्स भारतका कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए । शुबमन गिल ५० रन बनाएर आउट भए ।

इङ्ल्यान्डका ज्याक लिचले ४ विकेट लिए । जेम्स एण्डरसनले ३ विकेट लिए । यसअघि दोस्रो इनिङ्समा इङ्ल्यान्ड १७८ रनमा समेटिएको थियो । इङ्ल्यान्डका जोय रुटले ४० रन जोड्दा ओली पोपले २८ रन बनाए । भारतका रविचन्द्र आश्विनले ६ विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा भारतले ३३७ रन बनाएको थियो । भारतका ऋषव पन्तले ९१ रनको अर्धशतकीय पारि खेले । बलिङतर्फ इङ्ल्यान्डका डम बेसले ४ विकेट लिए ।

इङ्ल्यान्डले पहिलो इनिङ्समा ५७८ रनको फराकिलो स्कोर बनाएको थियो । इङ्ल्यान्डका लागि कप्तान जोय रुटले २१८ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए । भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३–३ विकेट लिए ।

प्रतिक्रिया