बिहीबार, वैशाख ११, २०८२

गेटाफेलाई हराउँदै रियल ला लिगाको दोस्रो स्थानमा

नेपालखोज २०७७ माघ २८ गते ११:०१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई पराजित गरेको छ । साविक विजेता रियलले गेटाफेलाई २–० ले हराएको हो । स्टार खेलाडी करिम बेन्जिमाको गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले १–१ गोल गरे ।

रियलका लागि खेलको ६० औं मिनेटमा बेम्जिमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले २२ खेलमा ४६ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको ५१ अंक छ ।

गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया