मंगलबार, वैशाख ९, २०८२

नेप्सेमा सामान्य करेक्सन, ८ अंकले बढ्दा ७ अर्ब ६४ करोडको कारोवार

नेपालखोज २०७७ माघ २८ गते १५:४९

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन आज (बुधबार) भने नेप्से आठ दशमलव ६६ अंकले बढेर २५ सय ४३ दशमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले बढेर चार सय ६५ दसमलव १३ अंकमा पुगेको छ ।

आज एक सय ९२ वटा कम्पनीहरुको ६२ हजार १५ पटकको कारोवारमा एक करोड ४९ लाख छ हजार ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब ६४ करोड ९४ लाख ११ हजार तीन सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सूचक बढेर सात वटा समुहको सूचक घटेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक २६ दशमलव ६१ अंकले बढेर १७ सय ९७ दशमलव ८५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि ६२ दशमलव १५ अंकले बढेर १३ हजार दुई सय ५१ दशमलव ११ अंकमा पुुगेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स र होटल समुहको सूचक पनि बढेकाछन । जलविद्युत समुहको सूचक भने आज १९ दशमलव २७ अंकले घटेर १९ सय ४८ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि एक सय १५ दशमलव ५९ अंकले घटेर १८ हजार पाँच सय १२ दशमलव ९३ अंकमा झरेको छ ।

यि बाहेक ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि घटेका छन । आज गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय ४० रुपैयाँमा कारोवार हुंदा साधना लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ३८ प्रतिशतले घटेर १४ सय ९८ रुपैैयाँमा कारोवार भएको छ । ग्लोवल आईएमई बैंकको भने आज प्रतिकित्ता चार सय ४८ रुपैयाँ अन्तिम मूल्यमा ५२ करोड दुई लाख ५५ हजार नौ सय तीन रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया