बिहीबार, वैशाख ११, २०८२

सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालखोज २०७७ माघ २८ गते १९:५८

चितवन । सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता चितवनमा सुरु भएको छ । प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा सर्वाधिक पुरस्कार राशिको व्यवस्था छ ।

महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीले नगद एक लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने दुईजनाले १५र१५ हजारका दरले प्राप्त गर्नेछन् ।करिब ४० लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरीयताका २० भित्रका खेलाडीबीचको युगल प्रतिस्पर्धामा विजयी खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले ८र८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

वरीयतामा २० देखिबाहेकका विजयी खेलाडीहरुले ५० हजार, दोस्रोले २७ हजार र तेस्रोले ७र७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यू-१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपविजयी खेलाडीहरुले १५ हजार र तेस्रो हुनेले ७र७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्य स्पर्धाका विजयी खेलाडीहरुले स्पर्धाअनुसारको ६० हजारदेखि ३० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया