नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त
नेपालखोज
२०७७ माघ २८ गते २१:११

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरिएको हो ।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस पनि व्यक्त गरेको छ ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।
सम्बन्धित
प्रतिक्रिया