फिल्मको नाम फटाह फणिन्द्रे
नेपालखोज
२०७७ माघ २९ गते ७:४७

काठमाडौं – अरुण खड्काको निर्माण निर्देशनमा नयाँ फिल्म ‘फटाह फणिन्द्रे’ को घोषणा गरिएको छ । यस फिल्ममा अभिनेता कर्माको मुख्य भूमिका रहने भएको छ ।
कर्मासँगै फिल्ममा छुल्ठिम।डि गुरुङ र रोहित रुम्बा पनि अनुबन्धित भएका छन् ।
यस्तै फिल्मको मुख्य भूमिकामा सुस्मा कार्की पनि रहने भएकी छिन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा अन्य कलाकारको पनि छनोट भइरहेको छ ।
यस फिल्ममार्फत अरुणले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यस फिल्ममा विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया