बिहीबार, वैशाख ११, २०८२

ज्योति विकास बैंकद्वारा दुई वटा अस्पताललाई बेबी वार्मर प्रदान

नेपालखोज २०७७ माघ २९ गते १५:२४

काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर नगरपालिका वडा नं. ५ महोत्तरी, आम्दा अस्पताल दमक नगरपालिका वडा नं. ०२ झापा र जिल्ला अस्पताल दिक्त्तेल, खोटाङ्गलाई एक, एक थान बेबी वार्मर प्रदान गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रदेश नं .२ र मकवानपुर जिल्ला क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख मोहन राज गिरी, बैंकका रामगोपालपुर शाखाका शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंहद्वारा संयुक्तरुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहारकुमार दासलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया