बिहीबार, वैशाख ११, २०८२

२४ घण्टामा १३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमण मुक्त

नेपालखोज २०७७ माघ २९ गते १६:१८

काठमाडौं । नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १३४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७२ हजार ३४९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६८ हजार ५४९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५६७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ४ हजार ६२६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ८८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ७५३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया