बिहीबार, वैशाख ११, २०८२

श्रेयस अय्यरलाई मुम्बई टिमको कप्तान

नेपालखोज २०७७ माघ २९ गते १६:२२

मुम्बई । भारतीय क्रिकेटर श्रेयस अय्यरलाई मुम्बई टिमको कप्तान बनाइएको छ ।

तपाईहरु नभुक्किनुहोला, अय्यर आईपीएलमा दिल्ली क्यापिटल्सका कप्तान हुन् । उनी आईपीएलका लागि नभई विजय हजारे ट्रफीका लागि कप्तान भएका हुन् । घाइते भएका कारण उनले सैयद मुश्ताक अली ट्रफी खेल्न पाएका थिएनन् ।

मुम्बई क्रिकेट संघले घरेलु प्रतियोगिता ५० ओभरका लागि २२ सदस्यीय टिमको घोषणा गरेको हो । भारतीय टिमका ओपनिङ ब्याट्सम्यान पृथ्वी शालाई भने मुम्बई टिमको उप कप्तान बनाइएको छ । मुम्बईका लागि शिवम दुवे, सूर्यकुमार यादव, यशस्वी, सरफराज खान र अखिल हरवादकर र आदित्य तारे पनि खेल्ने छन् ।

यसैगरी बलिङतर्फ धवल कुलकर्णी, तुषार देशपान्डे र आकाश पारकर, शम्स मुलानी र अर्थव अंकोलेकर पनि रहने छन् । मुम्बईको २२ सदस्यीय टिममा सचिन तेन्दुलकर पुत्र अर्जुन भने समावेश छैनन् । मुम्बईले भारतीय अफ स्प्निर रमेश पोवारलाई मुख्य प्रशिक्षक पनि नियुक्त गरेको छ । मुम्बइको समूहमा दिल्ली, महाराष्ट्र, हिमाचल प्रदेश, राजस्थान र पडुचेरी रहेका छन् । मुम्बईले सवै खेल जयपुरमा खेल्ने छ ।

प्रतिक्रिया