बिहीबार, वैशाख ११, २०८२

अब देखि सरकारी अस्पतालमा मात्रै कोरोनाको निशुल्क उपचार

नेपालखोज २०७७ माघ २९ गते १६:२९


काठमाडौँ। सरकारले कोरोना संक्रमणमा परेकाहरुको उपचार अबदेखि सरकारी अस्पतालमा मात्रै हुने बताएको छ । यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा भने हिजोको मितिले १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको बैठकले कोरोनाको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो । बैठकले पीसीआर शुल्क समेत समायोजना गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजबाट सरकारी प्रयोगशालामा पीसीआर गराउँदा लाग्ने शुल्क १ हजार तोकिएको बताए । यसअघि पीसीआरको शुल्क २ हजार तोकिएको थियो ।यस्तै बैठकले खोप अभियानको दोस्रो चरण आगामी २ फागुनबाट सुरु गर्ने भन्दै त्यसको प्राथमिकिकरण समेत गरिसकेको जनाएको छ ।

प्रतिक्रिया