आइतबार, वैशाख ७, २०८२

ग्लोबल इनोभेशन ड्राइभका लागि हुवावे फाइभ जी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

नेपालखोज २०७७ माघ २९ गते २०:१६

काठमाडौं । ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा हुवावेका संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् । खुला व्यापार नीतिले आपसी विकासलाई सम्भव बनाउने कुरामा अन्तर्निहित विश्वास रहेको भन्दै रेन झेंगफेईले ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि हुवावे फाइभ जी टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

खुला व्यापार नीति आह्वान गर्दै रेन झेंगफेईले भने, ‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ, किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि उत्तम छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एक्लै वैश्विक उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासहरूको आवश्यकता छ ।’
विश्वव्यापी रूपमा फाइभ जी को सम्भावित प्रभावको बारेमा चासो देखाउँदै झेंगफेईले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभ जी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोडदेखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथ(साथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्नेछ ।’

आधुनिक ग्लोबलाइज्ड उद्योग परनिर्भर छ जसलाई खुला सप्लाई चेन र भौगोलिक क्षेत्रका कम्पनीहरूबीच सहयोगको आवश्यकता छ । इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न अग्रणी ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले माइनिङ, पोर्ट, फलाम र स्टिल, कोइला जस्ता विविध उद्योगहरूका लागि प्लेटफार्महरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछ ।

यसका ग्राहकहरूलाई उच्च वर्गका उत्पादनहरू र सोलुसनहरू प्रदान गर्नका लागि प्रतिबद्धता जारी राख्दै हुवावेले टेलिकम बाहेक नवीनता ईन्जिन फायर गर्दै, विश्वभरिबाट १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशालाहरू सन्चालन गरेको छ जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र सौंदर्यशास्त्र र खानपान उद्योग जस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको छ ।

हुवावे बारे
१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हामीसँग १ लाख ९४ हजरा भन्दा बढी कर्मचारीहरू छन् । हामी १ सय ७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछौं ।

हाम्रो लक्ष्य भनेको संसारलाई हरेक मानिस, घर र संस्थालाई डिजिटल बनाई इन्टेलिजेन्ट विश्व बनाउने हो । यस उद्देश्यका लागि हामी सर्वव्यापी कनेक्टिभिटि ड्राइभ गर्नेछौं र नेटवर्कमा समान पहुँचको प्रचार गर्नेछौं: उच्च कम्प्युटिंग पावर प्रदान गर्नको लागि पृथ्वीको चारै कुनामा क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (AI) जतिबेला जहाँ कही पुर्याउनेछौैं ।

प्लेटफार्म निर्माण गर्न सबै उद्योग र संगठनहरू अधिक फुर्तिलो, कुशल र गतिशील बन्न मद्दत गर्नेछौंः प्रयोगकर्ताको अनुभवलाई AI सँग पुनः परिभाषित गर्नेछौंस यसलाई जीवनको सबै पक्षहरूमा परिवर्तन गर्नेछौं, चाहे घरमा, अफिसमा वा हिँड्दै । अधिक जानकारीका लागि, हुवावे अनलाईन हेर्नुहोस् www.huawei.com

प्रतिक्रिया