बिहीबार, वैशाख ११, २०८२

राष्ट्रिय महिला लिगमा आज पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै

नेपालखोज २०७७ माघ ३० गते १०:२६

काठमाडौं । काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।

खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पुलिस ११ अंकसहित चौथो स्थानमा छ ।

६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

प्रतिक्रिया