सोलुखुम्बुको फोर्चेमा आगलागी हुँदा चार करोड बराबरको क्षति
नेपालखोज
२०७७ माघ ३० गते ११:५४

सोलुखुम्बु । सोलुखुम्बुको फोर्चेमा आगलागी हुँदा करिब चार करोड बराबरको क्षति भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ फोर्चे स्थित निमाकर्मा शेर्पाको २ तले घरमा आगलागी हुँदा तीन करोड ९३ लाख १५ हजार बराबरको क्षति भएको हो ।
बिहीबार दिउँसो २ बजेतिर आगलागी भएको थियो । ढुंगामाटो र काठले बनेको २ तले घर जल्दा अन्नपात, लत्ताकपडा, भाडावर्तन सहित ३५ तोला सुना, एक सय तोला चाँदी, जिमाला, तामाले बनेको सुनको जलप भएको गुरुमुर्ती ३ थान, लामा पुस्तक १० थान, ७ लाख नगद जलेको प्रहरीको मुचुल्कामा उल्लेख छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।
प्रहरी चौकी खुम्जुङबाट खटिएका प्रहरी र स्थानीयको संयुक्त प्रयासमा साँझ ७ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया