मोबाइलको ब्याट्री नटिक्ने समस्या छ ? अब छुटकारा पाउन सकिन्छ

काठमाडौं । स्मार्ट फोनको जमानामा हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना कमै रहन्छ । हाम्रा दैनिक कामहरुमा स्मार्टफोनको निकै ठूलो भूमिका रहन्छ । तर, यसको झझट पनि धेरै नै छ । हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्ने झण्झट सबैले बेहोरेकै कुरा हो ।
त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोेबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ । ती कुराहरुलाई जानिराख्दा तपाईंलाई फाइदा नै हुनेछ । ती निम्न छन् ।
मोबाइल धेरै बेर चार्जमा जोडिरहनु हुँदैन । सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।
पावर बैंकबाट वा डुप्लिकेट चार्जर वा अरु फोनका चार्जर जोड्ने बानी पनि बसाल्नु हुँदैन । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।
मोबाइललाई पानीबाट जोगाउनु पर्ने हुन्छ । त्यसो त पछिल्लो समय वाटर प्रुफ मोबाइल पनि आउन थालेका छन् । यसको अर्थ हामीले जथाभावी गर्न पाउने भन्ने पनि होइन ।
मोबाइललाई चार्जरमा जोड्दा विद्युत् सर्ट भए नभएको पहिले निश्चित गर्नुपर्छ ।
प्रतिक्रिया