नेपालमा प्रयोग भइरहेको खोपलाई विश्व स्वास्थ्य संगठनको सिफारिस

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अक्सफोर्ड यूनिभर्सिटि तथा एस्ट्रेजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप लाई आपत्कालिन प्रयोग गर्न सिफारिस गरेको छ । नेपालमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप कोभिशिल्ड पनि आपत्कालिन प्रयोग गर्न सिफारिसमा परेको छ ।
डब्ल्यूएचओले यो खोप ६५ वर्षभन्दा माथिका उमेरले पनि प्रयोग गर्न मिल्ने जनाएको छ । डब्ल्यूएचओको विज्ञ रणनीतिक सल्लाहार टिमले बुधबार खोप प्रयोग गर्न सिफारिस गरेको हो ।
डब्ल्यूएचओले विज्ञ टिमले प्रयोगका लागि सिफारिस गरिसकेकाले सोमबारसम्म एस्ट्रेजेनेकाको खोपलाई आपत्कालिन प्रयोगको सूचीमा राख्ने तयारी गरेको छ । आपत्कालिन प्रयोगको सूचीमा राखिएपछि एस्ट्रेजेनेकाको खोपलाई कोभ्याक्सले विश्वव्यापी रुपमा वितरण गर्ने जनाइएको छ ।
अहिलेसम्म डब्ल्यूएचओले फाइजरको खोपलाई मात्रै आपत्कालिन प्रयोगको सूचीमा राखेको छ । एस्ट्रेजेनेकाको खोप हाल नेपालको अभियानमा पनि प्रयोग भइरहेको छ । नेपालमा कोभिशिल्ड प्रयोग भइरहेको छ ।
प्रतिक्रिया