आइतबार, वैशाख ७, २०८२

जोन्टा क्लबद्वारा ललितपुर प्रहरीलाई कम्प्युटर प्रदान

नेपालखोज २०७७ माघ ३० गते १३:५१

काठमाडौं । काठमाडौँको जोन्टा क्लबले ललितपुर महानगरपालिका जावलाखेल प्रहरीलाई कम्प्युटर प्रदान गरेको छ । महिला हिंसा नियन्त्रणमा सहयोग पु¥याउन ललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गर्दै कन्ट्रोल रुमलाई चार वटा डेस्कटप र दुुई वटा ल्याप्टप प्रदान गरेको हो ।

जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ (जेडएन) जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाका एस.एस.पी किरण बज्राचार्यलाई कम्प्यूटर हस्तान्तरण गरेकी हुुन । लक्ष्मी बैँकले दुुई वटा डेस्कटप, दया फाउन्डेसनले एउटा वटा ल्यापटप, ज्योति समूहले एउटा डेस्कटप, गोल्छा समूहले एउटा वटा डेस्कटप संस्कृत विद्यालयले एउटा वटा ल्यापटप गरी जम्मा छ वटा कम्प्युटर प्रदान गरेका थिए ।

हस्तन्तरण कार्यक्रममा बोल्दै एस.एस.पी किरण बज्राचार्यले ललितपुर महानगरीय प्रहरी हेल्पलाइन १०० लाई कलहरु व्यवस्थापन गर्न र पीडितलाई सहयोग पुर्‍याउन प्राविधिक स्रोतको कमी पर्दै आएको स्मरण गर्दै भनिन् ‘कल र गुनासोहरु नोटमा म्यानुअलरुपमा रेकर्ड गरिन्थ्यो र केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन् । थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरुलाई उनीहरुको गुनासोको लागि मद्धत गर्न, कलहरु प्रबन्ध गर्न र ट्रयाक गर्न सक्षम हुनेछौं ।’

यस्तै, अध्यक्ष सीमा गोल्छाले भनिन, ‘हेल्पलाइन मार्फत महिलालाई सहयोग पु¥याउन र यस साझेदारीको लागि हाम्रो वकालत वकीलको टोलीको परामर्श मार्फत मुद्धाहरु सुल्झाउनका लागि हामी यी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौं । हामी थप महिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशा गर्दछौ ।’

जोन्टा क्लब काठमाडौँ नेपाल कानुनी रुपमा दर्ता गरिएको काठमाडौँको गैर सरकारी संस्था हो । जुन २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापना भएको हो । यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीय तहमा अर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिला विरुद्घ हुने हिंसा सम्बन्धि मुद्धचहरुको सुधार गर्ने उद्देश्यका साथ महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ ।

नेपाल औपचारीक रुपमा ६४ औँ सदस्य राष्ट्र हो ।

प्रतिक्रिया