प्राविधिक सहायकमाथि दुई करोड हिनामिनाको आरोप
नेपालखोज
२०७७ फागुन २ गते १३:१७

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका प्राविधिक सहायक अधिकृत छैटौँ रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरिएको छ।
निज रुद्रले विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको हो ।
निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन्।
आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी दिएका छन् ।
रुद्रमाथि लागेको दुई करोड हिनामिनाको आरोप पुष्टि भए उनी जेल जानसपर्ने हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया