आइतबार, वैशाख ७, २०८२

स्मार्टवाच बनाउने तयारीमा फेसबुक

नेपालखोज २०७७ फागुन २ गते १४:४१


काठमाडौं । सामाजिक संजाल फेसबुक पनि अब स्मार्टवाच बनाउने तयारीमा जुटेको छ । विश्वभर स्मार्टवाचको प्रयोग बढिरहँदा फेसबुकले पनि यस्तो तयारी गरेको हो ।

फेसबूकले स्मार्टवाच निर्माणका लागि काम गरिरहेको विभिन्न स्रोतहरुले जानकारी दिएका छन् । जुन स्मार्टवाचले प्रयोगकर्तालाई आफ्ना सर्भिसहरुमा कल गर्न समेत सजिलो हुने फेसबुकको विश्वास छ ।

द भर्ज नामक समाचार एजेन्सीले बताए अनुसार उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने संभावना रहेको छ

प्रतिक्रिया