बिहीबार, वैशाख ११, २०८२

अब समुदाय स्तरमा खोप अभियान चलाइने

नेपालखोज २०७७ फागुन ३ गते १६:०९


काठमाडौ । विभिन्न चरणमा चरणबद्ध तरिकाले कोरोनाको खोप लगाइरहेको सरकारले फागुन २४ गतेदेखि कोरोना विरुद्धको खोप समुदायस्तरमा लगाउने जनाएको छ ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई खोप लगाइएको थियो । दोस्रो चरणमा भने पत्रकारहरुलाई खोप लगाइएको थियो ।

अब तेस्रो चरणमा ​फागुन २४ गतेदेखि समुदाय स्तरमा खोप लगाउने तयारी मन्त्रालयको रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख रोशन पोखरेलले हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृयासमेत अगाडि बढेको जानकारी दिएका छन् ।

प्रतिक्रिया