नेप्से २६ सय अंक नजिक, एकै दिन ९२ अंकले नेप्से बढ्दा १० अर्ब ३८ करोडको सेयर कारोबार

काठमाडौं । नेप्से २६ सय अंक नजिक पुगेको छ ।
अघिल्लो दिन ३३ दसमलव ३३ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने एकैपटक ९२ दसमलव ४२ अंकले बढेर २५ सय ८६ दसमलव एक अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव ३३ अंकले बढेर चार सय ६९ दसमलव ४४ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुुई सय पाँच वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा दुुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार छ सय ६९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५७ दसमलव ३२ अंकले बढेर १८ सय ४५ दसमलव १० अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि चार सय ४७ दसमलव ४४ अंकले बढेर १३ हजार चार सय १३ दसमलव ८७ अंकमा पुुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय ९७ दसमलव ९१ अंकले बढेर १८ हजार सात सय ५९ दसमलव ७९ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युत, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचककहरु पनि बढेका छन ।
आज किसान लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १६ सय ७२ रुपैयाँमा कारोवार हुंदा पञ्चकन्या माई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव तीन प्रतिसतले घटेर एक सय ४३ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी निर्धन उत्थान लघुुबित्त बित्तीय संस्थाको भने आज एकैदिन प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मुल्यमा ७० करोड ४८ लाख ४९ हजार नौ सय ४१ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया