बिहीबार, वैशाख ११, २०८२

महिला लिगमा एपीएफको कठिन जित

नेपालखोज २०७७ फागुन ३ गते १८:४०

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित निकालेको छ । सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।

६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् । पुलिसका अमृता जैशीले एक गोल फर्काईन् । जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ ।

पुलिसले १० खेलमा १४ अंक जोडेको छ ।

यस्तै सोमबार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै भएको खेलमा विराटनगरले वालिङलाई १–० गोल अन्तरले पराजित गरेको हो । विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । जितसंगै विराटनगरले १६ अंक जोडेको छ ।

प्रतिक्रिया