पेन ड्राइभमा पासवोर्ड राख्नु भएको छैन ? अब राख्नुहोस्

काठमाडौं । पेन ड्राइभ यस्तो चीज हो जसमा हरेक प्रकारका डिजिटल डेटा स्टोर गर्न सकिन्छ । आजभोलि यसको प्रयोग अलिक कम गरिए पनि प्रयोग ह्वात्तै घटेको भने छैन ।
यसको उपयोगिताका बारेमा जति बताए पनि कमै हुन्छ । हामी आफ्ना हरेक प्रकारका डेटा यसमा राखिरहेका हुन्छौं । त्यसमा हाम्रा व्यक्तिगत कुराहरु पनि समाहित हुन सक्छ वा अफिसियल सामग्री पनि हुन सक्छन् ।
यसरी डेटाहरु राख्दा त्यसको सुरक्षाका खतराहरु निकै चुनौतीपूर्ण भए तापनि हामीले त्यसलाई नजर अन्दाज गरेका हुँदैनौ । तर, यसका बारेमा हामी निकै चलाख हुनु आवश्यक छ ।
आफ्नो निजी वा अफिसयल डेटाहरु अरुले देख्न नदिनका लागि पेन ड्राइभमा लक लगाउनुपर्ने हुन्छ । यसबाट पेनड्राइभमा रहेको डेटा सुरक्षित रहनेमा कुनै शंका छैन । यसरी लक लगाउँदा अन्य कुनै व्यक्तिले पेनड्राइभमा रहेको डेटा प्रयोगकर्ताको अनुमति बिना कसैले पनि दुरुपयोग गर्न सक्ने छैन ।
पेनड्राइभमा पासवर्ड सेट गर्नका लागि कुनै सफ्टवेयर वा एप्लिकेसनको आवश्यकता समेत पर्दैन, यो निकै सरल कुरा हो ।
पेन ड्राइभमा पासवर्ड राख्न निकै सहज छ । त्यसका लागि सबैभन्दा पहिला तपाईंले आफ्नो कम्प्युटरमा आफ्नो पेन ड्राइभ राख्नुपर्ने हुन्छ र दिइएका निर्देशनहरुको पालना गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया