बिहीबार, वैशाख ११, २०८२

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष बस्यालद्वारा पद तथा गोपनियताको शपथ

नेपालखोज २०७७ फागुन ४ गते १३:५०

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित श्याम प्रसाद बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियता शपथ लिएका छन् ।

बस्याललाई बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको थियो ।

बैंकको संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे,संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया