इंग्ल्यान्डविरुद्ध दोस्रो टेस्टमा भारत विजयी

एजेन्सी । भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट जितको छ । घरेलु टोली भारत पहिलो टेस्टमा २२७ रनले पराजित भएको थियो ।
मंगलबार चेन्नाईमा भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३१७ रनले पराजित गरेको हो । जितसँगै भारतले चार खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।
भारतले दिएको ४८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा १६४ रन बनाएर अलआउट भएको हो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाए । जोय रुटले ३३ रन जोडे ।
बलिङतर्फ भारतका लागि अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए । यसअघि, दोस्रो इनिङ्समा भारतले अलआउट हुनुपूर्व २८६ रन बनाएको थियो ।
भारतका लागि रविचन्द्र आश्विनले १०६ रनको शतकीय पारी खेले । यस्तै, कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका लागि ज्याक लिच र मोईन अलीले ४र४ विकेट लिए ।
प्रतिक्रिया