बिहीबार, वैशाख ११, २०८२

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

नेपालखोज २०७७ फागुन ५ गते ११:५९

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार एपीएफ र विराटनगर महानगरपालिका खेल्दैछन् ।

आर्मी र पुलिसबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।

आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।

उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ । एपीएफले आज अपराह्न ३ बजे विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया