मेलबर्नबाट कपिलले ल्याए ‘छम छमी’
नेपालखोज
२०७७ फागुन ५ गते १५:३२

काठमाडौं । अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल युवा गायक कपिल सापकोटाले ’छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आफुलाई भन्दा धेरै माया गर्ने व्यक्तिप्रति समर्पित यस गीतको शब्द तथा संगित कपिलकै रहेको छ । पप लभ भर्सनको यस गीतको म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी फिचर्ड छन् ।

रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन् । ऋषि सुफीको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो लिंक
सम्बन्धित
प्रतिक्रिया