बिहीबार, वैशाख ११, २०८२

अस्ट्रेलियन ओपनबाट बाहिरिए राफेल नाडाल

नेपालखोज २०७७ फागुन ५ गते २०:३२

एजेन्सी । स्पेनका टेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन २०२१ को क्वार्टरफाइनलको खेलमा स्टेफानोस सिटसिपाससँग पराजित भएका छन् ।

यो हारसँगै नाडालाको कीर्तिमानी २१ औँ पटक ग्राण्ड स्लाम जित्ने सपना अधुरै भएको छ । ग्रीसका सिटसिपासले नाडाललाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा ३-६, २-६, ७-६, ६-४, र ७-५ ले हराए ।

नाडाललाई अस्ट्रेलियन ‌ओपन जित्ने प्रबल दाबेदारका रूपमा हेरिएको थियो तर अब नोभाक जोकोभिचमाथि सबैको नजर हुनेछ ।

प्रतिक्रिया