बिहीबार, वैशाख ११, २०८२

एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा

नेपालखोज २०७७ फागुन ६ गते १५:०८

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा भएको छ ।

आयोजक खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते शनिबार मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ ।

अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १र१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०र१० हजार पाउने छन् ।

प्रतिभावान महिला र पुरुष खेलाडीले ५०/५० हजार रुपैयाँ पाउने छन् । संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ । यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस पटकको अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया