मंगलबार, वैशाख ९, २०८२

को हुन् इन्दिरा जोशीको ब्वाइफ्रेन्ड ?

नेपालखोज २०७७ फागुन ६ गते १५:३७


काठमाडौं । गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको संकेत गरेकी छिन् ।

जोशीले आफू दुई वर्षदेखि प्रेममा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत गराएकी हुन् ।

हात समाएको फोटो सेयर गर्दै क्याप्सनमा , उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौं बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं भनी लेखेकी छिन् ।


तर उनले आफ्नो ब्वाइफ्रेन्डको नाम भने तोकेकी छैनन् ।

प्रतिक्रिया