आइतबार, वैशाख ७, २०८२

सत्यराज आचार्यको ‘भरोसाको दियो’ बजारमा

नेपालखोज २०७७ फागुन ७ गते १०:४०

काठमाडौं । हरिहर निरौलाको प्रस्तुतीमा ‘भरोसाको दियो’ बोलको गीत तयार भएको छ । निरौलाको लेखन रहेको गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् ।

विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । म्यूजिक भिडियोसहित तयार पारिएको गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् । आचार्यकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् ।

हरि हुमागाँईको छायाङ्कन तथा विकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया