गल्ती २ नामको म्युजिक भिडियो बजारमा
नेपालखोज
२०७७ फागुन ७ गते १२:२६

काठमाडौं । अष्ट्रेलियामा बसोबास गरिरहेका गीतकार प्रदीप चापागाईंको शब्दमा गल्ती–२ नामक यूगल गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
सो गीतमा संगीतकार कल्याण सिंहका संगीत रहेको छ।
गीतमा बिक्रम शराल तथा सज्जा चौलगाईंको यूगल स्वर सुन्न सकिन्छ ।
गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्सिङ तथा मास्टरिङ छ ।
निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सुरज सिंह ठकुरी तथा रेश्मा घिमिरेले अभिनय गरेका छन् ।
विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया