सिटिजन्स बैंक र पे-लेस एप्स बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पे-लेस एप्स बीच सहकार्यकालागि सम्झौता भएको छ । सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पे-लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
बैकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया