सिक्सजी ल्याउने तयारीमा छ एप्पल
नेपालखोज
२०७७ फागुन ७ गते १५:०४

काठमाडौं । विश्वभर फाइजीको विस्तार भइरहेका बेला अमेरिकी प्रविधि कम्पनी एप्पलले सिक्सजीको तयारी थालेको छ ।
बुमबर्गको एक रिपोर्टअनुसार एप्पलले वायरलेस रिसर्च सिस्टम इन्जिनियरका लागि जागीर समेत खुलाएको छ ।
छनोटमा परेका इन्जिनियरले सिक्सजी नेटवर्कबारे अनुसन्धान र डिजाइन गर्नेछन् । एप्पलले छिट्टै नै सिक्सजी सेवाको तयारी थाल्ने ठानिएको छ ।
एप्पलले यसअघि फाइभी प्रविधिसहितको आइफोन सार्वजनिक गरिसकेको छ । गतवर्ष आइफोन १२ मा क्वान्टम मोडमको फाइभजी सहितको आइफोन सार्वजनिक गरेको थियो ।
पछिल्लो रिपोर्टअनुसार एप्पलले फाइभजी तथा सिक्सजी प्रविधिका लागि आफ्नै मोडियमको पनि विकास गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया