आइतबार, वैशाख ७, २०८२

ह्वावेले आउँदो महिना पी ५० सिरिज सार्वजनिक गर्दै

नेपालखोज २०७७ फागुन ७ गते १६:२७

काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेले आउँदाे मार्च महिनाको अन्तिम साता पी ५० सिरिज सार्वजनिक गर्ने भएको छ । ट्वीटर लिकर @RODENT950 ले हालै ह्वावको पी ५० सिरिज अन्तर्गत ३ माेडल मार्च २६ देखि २८ बीचमा आउने खुलासा गरेका छन् ।

कम्पनीले पी ५०, पी ५० प्रो र पी ५० प्रो प्लस गरी ३ मोडल बजारमा ल्याउने छ । लिक भएकाे साे सूचना अनुसार यी फोनमा ह्वावे आफैले उत्पादन गरेको चिपसेट प्रयोग गरिएको छ । पी ५० मा किरिन ९००० ई प्रयोग गरिएको छ भने पी ५० प्रो र पी ५० प्रो प्लसमा फ्ल्यागशिप चिपसेट किरिन ९००० प्रयोग गरिएको छ ।

कम्पनीले हालै यी माेडलकाे प्राेटाेटाइप डिजाइन सकेकाे र केही दिनमै उत्पादन थाल्ने तयारी गरेकाे साे ट्वीटमा उल्लेख छ । साथै ह्वावेकाे याे अपकमिङ फ्ल्यागशिपमा नयाँ फिचरका रूपमा अल्ट्रा सेन्सिङ क्यामेरा सिस्टम, सुधारिएकाे डिस्प्ले र गेमिङ क्षमता रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया