बिहीबार, वैशाख ११, २०८२

गरिमाले गर्यो कर्जा प्रवाहलाई थप बिस्तार

नेपालखोज २०७७ फागुन ८ गते १३:२१


काठमाडौं । गरिमा विकास बैंकले कर्जा प्रवाह रणनीतिलाई थप विस्तार गरेको छ । गरिमाले न्यूनतम वार्षिक ८।७५ प्रतिशत ब्याजदरमा गरिमा सजिलो अटो लोन सार्वजनिक गरेको हो ।

यो अटो लोन सुविधाले बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्ने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । सवारी चढ्ने सपना पुरा गर्न गरिमा सजिलो अटो लोन प्रभावकारी हुन सक्ने बैंकले जानकारी दिएको छ ।

उक्त बैंकले हाल ३५ जिल्लामा १ सय ६ शाखा र ५१ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

साथै गरिमा विकासले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउनका लागि मरो सेयर बचत खाता नामको अर्को सुविधा पनि थप गरेको छ ।

यो खाता अन्तर्गत बैंकका ग्राहकले न्यूनतम ५ सय रुपैयाँमा खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी आस्बा सुविधा प्रयोग गर्न सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकको हकमा पनि यो खाता खोलेर निःशुल्क सीआस्बाको प्रयोग गरी लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले कोभिड १९ महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि लगानीमा बचतको ब्याजदरमा कमी आएकाले बैंकले ‘मेरो सेयर बचत खाता’ मा ५।५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

जनमानसमा सेयरप्रतिको बढ्दो लोकप्रियतालाई दृष्टिगत गरी सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न सहयोग पुर्याउने यो खाताको मुख्य उद्देश्य रहेको पनि बैंकले जानकारी गराएको हो ।

प्रतिक्रिया