शुक्रबार, वैशाख १२, २०८२

भारतमा संक्रमितको संख्या बढेपछि कोरोनाको दोस्रो प्रकार फैलिएको चिन्ता

नेपालखोज २०७७ फागुन ९ गते १०:२४


एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कोरोनाको दोस्रो प्रकार भित्रिएको त होइन भन्ने   चिन्ता बढ्न थालेको छ ।

केही सातायता भारतमा संक्रमितको संख्या घट्दै गइरहेकोमा हाल ६ राज्यमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएपछि यस्तो अड्कल गरिएको हो ।

पछिल्लो समय पुष्टि भएका संक्रमितमा नयाँ भेरियन्ट पनि देखिएको छ। जुन यसअघि बेलायतमा देखिएको थियो। संक्रमितको संख्या फेरि बढ्नु र नयाँ भेरियन्ट देखिँदा भारतमा दोस्रो लहर आउनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

निको हुनेभन्दा संक्रमितको संख्या बढी हुन थालेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाउँछ । शनिबार १३ हजार ९१९ संक्रमित थपिए भने ११ हजार ४१२ जना निको भए। जबकी केही दिन अघिसम्म नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो।

प्रतिक्रिया