बालुवाको ढिस्कोले पुरिएर पाल्पामा दुई महिलाको मृत्यु
नेपालखोज
२०७७ फागुन ९ गते ११:५८

पाल्पा । बालुवाको ढिस्कोले पुरिएर पाल्पामा दुई महिलाको मृत्यु भएको छ ।
बालुवाको ढिस्कोमा पुरिएर पूर्वखोला गाउँपालिका–४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया माया देवी सिंह रहेको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।
सारुको घटनास्थमै र सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँपालिका–४ को छेबकुनस्थित बालुवा खानीमा शनिबार दिउँसो ३ः४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया