मुक्तिनाथ विकास बैंकको आस्क मुुक्ति भाई भर्चुअल सहयाता सेवा
काठमाडौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुुक्ति भाइ ’नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यो भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याट वट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ । यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्तिना भाई वा बैंकको मासकट ‘मुक्तिभाई ’किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतका ेजुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया