बिहीबार, वैशाख ११, २०८२

म्यानचेष्टर सिटी उक्लियो शीर्ष स्थानमा

नेपालखोज २०७७ फागुन १० गते १०:१४

काठमाडौं ।  गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई एक-शुन्य गोलले पराजित गरेको हो । 

उक्त खेलमा सिटीका रहिम स्टर्लिङले निर्णायक गोल गरे । उनले खेलको खेलको दोस्रो मिनेटमा नै रियाद महारेजको पासमा  गोल गरे । त्यसपछि खेल अवधिभर कुनै गोल हुन सकेन । 

जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भने पराजित भएको टिम आर्सनल ३४ अंकसहित १०औं स्थानमा छ 

प्रतिक्रिया